भोजपुर सदरमुकाममा विप्लव र प्रहरी विच गोली हानाहान, दुई जनाको मृत्यु

भोजपुर सदरमुकाममा विप्लव र प्रहरी विच गोली हानाहान, दुई जनाको मृत्यु

मोरङ, भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए। उनले भने, ‘भोजपुर बजार नजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरी तर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन।’ बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए। अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ।

स्रोत थाहा खबर

सम्बन्धित खवर