बुहारीलाई धारीलो हतियार प्रहार गर्ने जेठाजु पक्राउ

बुहारीलाई धारीलो हतियार प्रहार गर्ने जेठाजु पक्राउ

मोरङ–सुन्दरहरैचानगरपालिका १ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन । आज दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३६ का निरबहादुरनेपाललेआफ्नै २६बर्षियबुहारी सलिना नेपाललाई शरिरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निर बहादुरलाई तत्काल पक्राउ गर्नुकासाथै गम्भिर घाइते भएकी सलिना लाईउद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: