श्रीमतीको हत्या अभियोगमा कारागारमा रहेको सुदीप मृत अवस्थामा फेला

श्रीमतीको हत्या अभियोगमा कारागारमा रहेको सुदीप मृत अवस्थामा फेला

खोटाङ– जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी झुण्डिएको अवस्थामा फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

आइतबार साँझ समूहमा नदेखिएपछि खोजी गर्दा कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागार प्रमुखले जानकारी दिएका छन् । श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए ।

सम्बन्धित खवर