पथरीमा १ न. प्रदेश कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

पथरीमा १ न. प्रदेश कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

धनकुमार मगर,
पथरी–मोरङको पथरी शनिश्चरेमा प्रदेश नम्बर १ भरिका कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । धार्मिक सद्भावयुक्त शान्तिपुर्ण समाजको स्थापना भन्ने मुल नाराका साथ अन्तर धार्मिक शान्ती युवा समुह र सामुदायिक बिकास मन्च नेपालको आयोजना र युनाईटेड मिसन नेपालको सहयोगमा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।

प्रतियोगिता यहि साउन २४ गते पथरीशनिश्चरे १ स्थित सिन भिलेज पार्टी प्यालेसमा सञ्चालन हुने अन्तर धार्मिक शान्ती युवा समुहका संयोजक सुमन कुरुङ्वाङ्गले जानकारी दिए । प्रतियोगितामा प्रदेश नम्बर १ भरिका कक्षा ११ देखी माथिका कलेज अध्ययन गर्ने विद्यार्थीहरुले सहभगिता हुन सक्ने छन् । “सामुदयिक शान्ती निर्माणको लागी धार्मिक सहिष्णुता“ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने अन्तर धार्मिक शान्ती युवा समुहका सदस्य आकाश थुलुङ्गले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक हुने विद्यार्थीहरुले साउन १५ गते सम्ममा फारम भरी प्राइम बैकमा नगद १ हजारको भौचर बुझाउनु पर्ने बताइएको छ ।

वक्तृत्वकला प्रतियोगितामा २५ जना विद्यार्थीहरुका बिचमा फाइनल प्रतिस्पर्धा गराइने र सो भन्दा बढी विद्यार्थी भएको खण्डमा छनोट प्रक्रियाद्वारा प्रतिस्पर्धा गराइने अन्तर धार्मिक शान्ती युवा समुहका संयोजक कुरुङ्वाङ्गले बताए ।
समाजमा धार्मिक सद्भाव र सहिष्णुता कायम गराउने तथा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको सामुदायिक विकास मन्चका अध्यक्ष किशोर कुमार भट्टराइले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २५ हजार पुरस्कार पाउनेछन् । त्यसैगरी दोस्रो र तेस्रो हुनेले जनही १५०००,१०००० हजार रुपैयाँ पुरस्कारले पुरस्कृत हुने बताइएको छ ।

सम्बन्धित खवर