वडाले थाल्यो बिरुवा रोप्ने अभियान

वडाले थाल्यो बिरुवा रोप्ने अभियान

पथरी, बाटो विस्तारका क्रममा विरुवा नष्ट भएको भन्दै मोरङ्गको पथरीशनिश्चरे २ नम्वर वडाले नयाँ विरुवा लगाउने अभियान थालेको छ ।

स्थानीय जनप्रतिनिधिको पहलमा नयाँ खनिएका बाटोको आसपासमा नयाँ विरुवा रोप्ने कार्य थालिएको हो । सो वडाको ३ वटा बाटोमा आप तथा लिचिका विरुवा रोप्न सुरु गरिएको हो । बाटो संरक्षणका लागी विरुवा रोप्ने कार्य भएको स्थानियवासी नरवहादुर देउजा बताउँछन् । बाटो निर्माण गर्दा काटिएका विरुवा नष्ट भएपछि यो क्षेत्रको सौन्दर्य समेत विग्रीएको स्थानियवासीको भनाइ रहेको छ । विकास निर्माण संगै काटिएका रुख विरुवाको संरक्षणका लागी पनि यो कार्य थालिएको हो ।

वडावाट वजेट नै छुट्टयाएर विरुवा लगाउने कार्य गरिएको हो । यसरी विरुवा रोपेपछि २ वर्र्ष भित्रमा सडक आसपासमा विरुवा हुर्किनेछन भने आँप र लिचीको फल स्थानिय वासीले समेत चाख्न पाउने भएका छन् । वडा समितीको वैठकवाट यसरी रुख संरक्षण थालिएको वडा अध्यक्ष याम प्रसाद गुरागाइ वताउछन् । सडक निर्माण गर्न भन्दै पुर्वका विभिन्न शहरमा धमाधम रुख काटिरहदा पथरीशनिश्चरे २ का जनप्रतिनिधीको यो कार्य भने प्रशंशा गर्ने खालकै छ ।

सम्बन्धित खवर