प्रदेश १ मा फलफुल र तरकारीको विषादी परिक्षण गरिने

प्रदेश १ मा फलफुल र तरकारीको विषादी परिक्षण गरिने

मोरङ, प्रदेश १ सरकारले फलफुल तथा तकारीको विषादी परिरक्षण गर्ने भएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएसंगै अब सरकारले अनिवार्य रुपमा विषादी परिक्षण गर्ने जनाएको हो ।

संघीय सरकारले भारतबाट आयातित तरकारी र फलफुलको विषादी परिक्ष्ँण तत्काल नगर्ने निर्णय गरेका बेला प्रदेश १ सरकारले भने विषदी परिक्षणलाई अनिवार्य बनाउने भएको हो ।

काठमाण्डौबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

तरकारी तथा फलफुलमा रहेको विषादीको अवशेष परीक्षण गर्न स्थापना भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सोमबार देखि सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने बताउनुभयो ।

प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । काठमाण्डौबाट आएका विशेषज्ञ प्राविधिकले प्रदेशका कर्मचारीलाई विषादी मापनको बारेमा जानकारी तथा प्रशिक्षण दिएर सोमबारदेखि नै यो प्रयोगशाला सुरु हुने बताएको छ ।
उज्यालो अनलाइनको सहयोगमा

सम्बन्धित खवर