पथरीशनिश्चरेको फुटबल टिमलाई नगरपालिकाद्वारा सम्मान

पथरीशनिश्चरेको फुटबल टिमलाई नगरपालिकाद्वारा सम्मान

पथरी, मोरङको बेलबारीमा आयोजित अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा उपविजेता बनेको पथरीशनिश्चरेको टिमलाई आइतबार पथरीशनिश्चरे नगरपालिका कार्यालयले सम्मान व्यक्त गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितका जनप्रतिनिधि नगर खेलकुद विकास समिति अध्यक्ष मणि लिम्बू सहितले टिमलाई बधाई दिँदै सम्मान व्यक्त गरेको छ ।

उपविजेताबाटै विजेता बन्ने यात्राको शुभकामना दिँदै खादा, अविर, प्रमाणपत्र सहितले सम्मानित गर्दै टिमलाई हौसला प्रदान गरिएको हो । सो टिमले प्रतियोगितामा नगद १ लाख सहित शिल्ड सहितका पुरस्कार हात पारेको छ । प्रतियोगितामा केराबारी गाउँपालिकाको टिम विजेता बनेको थियो ।

सम्बन्धित खवर