अपाङ्गता सम्वन्धी सचेतना कार्यक्रम

अपाङ्गता सम्वन्धी सचेतना कार्यक्रम

पथरी, मोरङको पथरीशनिश्चरेमा आज अपाङ्गता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नेपाल अपाङ्ग महिला संघ जिल्ला समितिले नगरका कार्यपालिका सदस्य र अपाङ्गता परिचयपत्र वितरण समितिका लागि केन्द्रीत रहेर सचेतना कार्यक्रम गरेको हो ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै महिला विकास शाखा प्रमुख गीता कट्टेलले नगरको अपाङ्गताको क्षेत्रमा निर्माण भएको कार्यविधि सहित अपाङ्गताको पाटोका गतिविधि प्रष्ट्याउनु भयो ।

नेपाल अपाङ्ग महिला संघकी जिल्ला अध्यक्ष भीमा खतिवडा र सचिव मीना आचार्यले अपाङ्गता, अपाङ्गता र परिचयपत्रका प्रकार, अपाङ्गलाई हौसला एवम् अवसर दिनुपर्ने विषयमा सहजिकरण गर्नुभयो ।

असार २५ गते संघले नगरका प्रत्येक वडाबाट ५/५ जनाका दरले अपाङ्गता भएका व्यक्तिहरुको भेला गराई नगर अपाङ्ग समन्वय समिति गठन गर्ने कार्यक्रम तय गरेको छ ।

सम्बन्धित खवर