कानेपोखरी–लेटाङ सडक खण्डमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

कानेपोखरी–लेटाङ सडक खण्डमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

मोरङको लेटाङ नगरपालिका ३ लेटाङ कानेपोखरी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । शुक्रबार साँझ सबा ६ बजे कानेपोखरीका ३० बर्षिय लेखनाथ दंगालको मृत्यु भएको हो । दंगालले चलाएको को २७ प ६४७७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुर्घटनाबाट घाईते भएका दंगाललाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगेकोमा सबा ७ बजे डाक्टरले मृत्यु घोषणा गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

निर्माणधिन सडकमा थुपारिएका गिटी बालुवा र ढलेका रुखहरुका कारण सडकका बिभिन्न ठाँउमा अबरोधहरु रहेका छन । समयमा सडक निर्माण नहुँदा दैनिक सो क्षेत्रमा यात्रुहरु गिटी,बालुवाको थुप्रो र लडेका रुखहरुमा ठोक्किएर घाईते समेत हुने गरेको स्थानीयहरु बताउाछन ।

सम्बन्धित खवर