आत्महत्या गर्न छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिला र उनका छोराको उद्धार

आत्महत्या गर्न छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिला र उनका छोराको उद्धार

राजविराज–सप्तकोसी नदीमा आत्महत्या गर्न छोराछोरीसहित हामफालेकी एक महिला र उनका एक छोरालाई प्रहरीले उद्धार गरेको छ ।भारदहस्थित कोसी ब्यारेजमा शुक्रबार साँझ हामफालेका मध्ये करिब ३५ वर्षीया महिलालाई शनिबार बिहान उद्धार गरिएको हो । बालकको भने शुक्रबार साँझ नै उद्धार गरिएको थियो ।

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ । महिलाले तीन बालबालिका सहित नदीमा हाफालेको स्थानीयले बताएका छन् । प्रहरीले बाँकीको खोजी कार्य जारी राखेको छ ।

सम्बन्धित खवर