युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी सम्पन्न

युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी सम्पन्न

विराटनगर–युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी गरेको छ। प्रदर्शनीमा प्रदेश १ प्रदेशभरीका युवावैज्ञानिकको ३० वटा अनुसन्धान तथा अन्वेषण प्रदर्शन गरिएको थियो। कृषि, विज्ञान तथा इन्जिनियरिङ गरी तिन विधाका युवा वैज्ञानिकहरूले आफ्नो आफ्नो खोज तथा अन्वेषण प्रदर्शनी गरेका थिए।

प्रदर्शनमा कृषितर्फ कविन्द्र भट्टराई प्रथम, आसिस फुयाल दोस्रो, अरुण कट्वाल तृतीय, कृष्ण पोखरेलले सान्त्वना पुरस्कार प्राप्त गरे। त्यस्तै विज्ञान विधा तर्फ डा. सुशीलकुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागाई तृतीय र रोहितकुमार देव सान्त्वना भएका छन्। इन्जिनियरिङतर्फ एलिसा प्रधान, सुमन खनाल र अशोक आङ्दाम्बेको समूह प्रथम, क्षितिज गौतम दोस्रो, शसांक पोखरेल तृतीय र राजेन्द्र लिम्बू सान्त्वना भएका छन्। उनीहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: