तेह्रथुमको तमोर टटीय भेगमा खडेरीले अन्नबाली सखापब भएपछि भोगमारीको चिन्तामा किसान

तेह्रथुमको तमोर टटीय भेगमा खडेरीले अन्नबाली सखापब भएपछि भोगमारीको चिन्तामा किसान

तेह्रथम–तेह्रथुमको तमोर टटीय भेगका गाउँहरुमा खडेरीका कारण अन्नबाली सखाप भएपछी किसानहरुलाई भोगमारीको चिन्ता हुन थालेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाका केही भुभागहरुमा खडेरीको चपेटामा अधिक पर्दै आएका छन । किसानहरुले लगाएको अन्नवाली जति खडेरीले सखाप बनाएपछि भोगमारीको चिन्ता हुन थालेको हो ।

जिल्लाको चार गाउँपालिकाको तमोर नदी सँग जोडीए्का गाउँहरुमा लगाइएको अन्नबाली नष्ट हुँदा भोगमारीको चिन्ता हुन थालेको र स्थानीय सरकारले यहाँको समस्यालाई समाधानको लागी बिषेश योजना ल्याउनु पर्ने स्थानीय सुबास तामाङले बताए ।

यस क्षेत्रमा हुने मकै,दलहन अहिले खडेरीका कारण सखाप भएको छ । जिल्लाको छथर गाउँपालिकाको वडा नम्बर २,३,४ र ५ का साथै आठराई गाउँपालिकाको थोक्लुङ, चुहानडाँडा,छातेढुङगा र ईवामा किसानले लगाएको अन्नबाली सखाप भएको छ । त्यस्तै फेदाप गाउँपालिकाको सिम्ले गाउँको साबिका वडाहरु १,२,३,४,५र७ त्यस्तै जलजलेका साबिक साबिकका वडाहरु ५,६,७ र ८ मा किसानले लगाएको बाली नष्ट भएको छ । तिनबर्ष देखी खडेरीले पिडित हुँदै आएको स्थानीय कान्छीमाया लिम्बुले बताईन ।

यहाँका महाजनहरु शुरक्षित बासस्थानको खोजी गर्दै बसाई सर्ने क्रम तिब्र हुँदै आएको छ । हुने खानेहरु छोराछोरीहरुले लैजाने भएपनी हुँदा खानेहरु मात्रै पिडामा पर्दै आएको पुन कान्छीमाया बताउँछिन् खडेरीका कारण यहाँ रहेका स्थानीय पानीको मुहानहरु सुके पछी मानवीय समस्याका साथै पशुपक्षीहरुलाई समेत जीउन समस्या हुन थालेको छ । सुख्खाग्रस्त क्षेत्रमा मात्र नभई माथील्ले भेग सम्म खडेरीको चपेटा परेका किसानहरुको बिबरण सहित प्रदेश सरकार तथा संघीय सरकारलाई ध्यानाकर्षण गर्ने तयारी भई रहेको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताएका छन्।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: