भीमराज अधिकारी, पथरी
पछिल्लो समय भ्रष्टचार विरुद्धका विभिन्न अभियानहरु चलिरहेका छन् । केन्द्रमा सुरु भएको भ्रष्टचार विरुद्धको अभियान स्थानीय तह सम्म आइपुगेको छ । शुक्रबार मोरङको पथरीशनिश्चरे नगरमा पनि भ्रष्टचार विरुद्धको संघर्ष सुरु गरिएको छ ।
निष्पक्ष रुपमा सडकमा सयौँ जनता आएका छन् । जनप्रतिनिधि आएको २ वर्षमा नै भ्रष्टचारमा लिप्त भएको भन्दै विशाल सहयोगी मन नामक संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरका विभिन्न चोकहरु परिक्रमा गरिएको छ । पथरी बजारका सयौँ व्यावसायीहरु स्वः ¥यालीमा सहभागी भएका थिए ।
नगर परिक्रमा पछि कोण सभामा बोल्दै वक्ताहरुले उपमेयर यमुना विष्ट बास्तोलालाई भ्रष्टचारको नारा लगाँउदैमा भ्रष्टचार न्यूनिकरण नहुने भएकाले निष्पक्ष काम गर्न पनि सुझाए । वक्ताहरुले विष्टलाई पाट्रिगत आधारमा योजनाको अनुगमन गर्ने गरेको र अनुगमनमा पनि आस्थाकै आधारमा विभेद गरेको स्थानीय लोक किरण न्यौपानेले आरोप लगाए । नगरले आफ्ना पाट्रिका कार्यकर्ता भएका योजना सहज रुपमा पास गराउने र अन्य पाटिमा आस्था रहेकाको योजना भएमा अनुगमन नै फरक तरिकाले गर्ने गरेको गुनासो समेत न्यौपानेको भनाइ थियो ।
वक्ताहरुले नगरमा भ्रष्ट्रचार मौलाएको भन्दै यो पहिलो चेतावनी भएकाले अबका दिनमा सुध्रिन समेत अनुरोध गरेका छन् । नगरका हरेक स्थानमा (विकास निर्माण, कर्मचारी नियूक्ति, सामुदायिक वन) लगाएका क्षेत्रमा चरम भ्रष्ट्रचार भएको बताएका छन् ।
पथरीशनिश्चरे वडा नं. १ को कार्यालयको विषय समेत यो अभियानमा उठेको छ । अभियानका संयोजक धन कुमार तामाङले वडा कार्यालय आफ्नै घरमा लगेर राख्नु अनि आफै त्यसको भाडा तिर्नु आफै भाडा असुल्नु कस्तो नियत हो भन्दै सम्बोधन गरेका थिए । वडा कार्यालय राज्य पूनः संरचना आयेगले तोकेको भन्दा अलग वडा अध्यक्ष बाबुराम ऐङदेनको घरमा नै राखिएको छ । वडा कार्यालय कुनैपनि हिसाबले मैत्रीपूर्ण नभएको समेत बताइएको छ ।
कोणसभालाई स्थानीय शैक्षिक अभियन्ता प्रदीप कुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई लगायतले सम्बोधन गरेका थिए ।