संखुवासभामा हातहतियार (SLR) सहित १ जना पक्राउ

संखुवासभामा हातहतियार (SLR) सहित १ जना पक्राउ

संखुवासभा–सिलिचोङ गाउँपालिका १ बाट हातहतियार (SLR) र गोलीगठ्ठा सहित ओखलढुंगा चिशंखुगढी गाउँपालिका ७ का निम दोर्जी तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई तामाङ सहितको टोलीले असार १६ गते बिहान ९ः५५ बजे होयङ्ला भन्ने स्थानमा प्रहरीलाई लक्षित गरी गोली फायर गरेको थियो । प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दै सर्च गर्ने क्रममा असार १७ गते तामाङलाई १ थान SLR, ६५ राउण्ड गोली, म्यागजिन १ थान, र १३ थान खोका तथा LMG राईफलको २० राउण्ड गोली सहित म्यागजिन १ थान, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड र मेमोरी कार्ड सहितको मोवाईल थान १ बरामद गरिएको हो ।

यसै गरी सिलिपिङ व्याग थान १, पछाडी भिर्ने कालो रंगको झोला थान १, कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव थान १, खाली डायरी थान १ समेत बरामद गरिएको छ । यसरी हातहतियार सहित पक्राउ परेका निम दोर्जी तामाङ उपर जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाईएको छ ।

सम्बन्धित खवर