संसारलाई रुवाउने यि आमाको पिडा, सबैले एक सेयर गरिदिनुहोला

संसारलाई रुवाउने यि आमाको पिडा, सबैले एक सेयर गरिदिनुहोला

मोरङ, भनिन्छ मान्छेलाई सबैलाई पिडा हुन्छ तर पिडा पनि आम मानिसको जस्तै होस र सहन सक्ने होस । मोरङको पथरशिनिश्चरे नगरपालिका वडा नं. ५ निवासी चुडाकुमारी पौडेलको पिडा न कसैले सहन सक्ने छ न त कसैले अनुमान लगाउन नै सकिन्छ ।

वडा कार्यालयमा प्रदेश दैनिकको टिम अन्य विविध कामले नियमित झै रिपोटिङका लागि पुगेको थियो । सो समयमा चुडाकुमारी पौडेल आइपुग्नुभयो र भन्नु भयो बाबु मैले पानी खान पाइन त बाबा कल कहिले दिन्छौँ ? यो पिडा उहाँले हामीलाई नभएर वडा सदस्इ चेतेन्द्र खड्कालाई राख्नुभएको थियो । हहामीले चासोका साथ उहाँको पिडालाई अझै खोतल्ने प्रयास ग¥यौँ । जब उहाँ आसु खसाल्दै आफ्नो पिडा सुनाउनुभयो हाम्रो मनले थाम्न सकेन र एउटा उहाँको पिडादायी कथा सबै पाठक, दर्शकहरु माझमा राख्ने बिचार ग¥यौँ ।

उमेर ८० नागिसकेकी वृद्धा उहाँलाई आफ्नो उमेर पनि ठ्याक्कै कति हो विर्सिसक्नु भएछ । “उहाँकै भनाइ अनुसार खालि खुट्टै हिडेर दिनभरी मागेर चामल, चिउरा भेला गरेर बोकेर घर जान्छु बाबु, यहाँ पिठिँयुमा बोक्नुपर्छ बोक्न पनि सक्दिन । घरमा कोही छैन् । ६ जना छोराछोरी सबै आफ्नो बाटो लागे म बुढिलाई एउटा लाटो छोरो छ । सबै भूइमै दिसापिसाप गर्छ छोडेर हिड्न पाइदैन बाबु के गर्नु यो उमेरमा धेरै दुःख गरेँ बाबा मैले, लाटो छोरो छ खुट्टामा साँलोले बाँधेर छोड्छु अनि बेलुका घर पुगेपछि खोलिदिन्छु, नभए हराइजान्छ कहाँ जान्छ कहाँ खोज्नु ? घरमा भएको एउटा कल पनि छोरो आउदाँ बेचेर गायो बाबु नुहाउन पनि पाइन, पानी खान पनि पाइन यो उमेरमा ।”

यति गफ गरेपछि हामीले एउटा भिडियो बनाउने निर्णय ग¥यौ र यि आमालाई केही सहयोग जुटाउने प्रयास गरेका छौँ । यस वडा नं. ५ को कार्यालयबाट वडा सदस्य समेत गएर उहाँको घरको पनि भिडियो बनाएका छौँ । वडा सदस्य चेतेन्द्र खड्काले एक थान कल सहयोग गरिसक्नु भएको छ । उहाको घरमा शशौचालय छैन् । घरपनि उस्तै छाप्रो छ । सोच्नुस त तपाइको परिवारको कोही यो अवस्थामा भएको भए ?

आशा छ सबैको सानो सानो सहयोगले उहाँलाई राहत हुने छ । उहाँको तपाइले जे सक्नुहुन्छ त्यही सहयोग गर्नुहोस । अरु केही नभएपनि एक सेयर गर्न त सक्नुहुन्छ नि ? जसले गर्दा यो भिडियो ति सहयोगी मन सम्म पुगोस । बाकीँ कुरा भिडियोमा हेर्नुहोला………

भिडियो

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: