पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी एक व्यक्ति मृत भेटिए

पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी एक व्यक्ति मृत भेटिए

पथरी, पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको उर्लावारीमा व्यक्तिको शव फेला परेको छ । पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने सुनझोडा खोला किनारमा रहेको फलैचामा पहिचान नखुलेका व्यक्तिको शव भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

विहिबार विहान फेला परेका ति व्यक्तिको शवको पहिचान भने हुन सकेको छैन् ।
शव फलैचा भित्र कोल्टे परेको अवस्थामा फेला परेको थियो । बवको नजिकै ओछ्याउन प्रयोग गरिने प्लाटिकको म्याट र खानको लागि प्रयोग गरिने केही चिउरा फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राम प्रसा तिम्सिनाले जानकारी दिएका छन् ।

अहिले शवलाई पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको छ । शव पहिचानका लागी आवश्यक प्रकृया अगाडी वढाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर