धनकुटामा आगोलागीबाट २ घर जल्दा १६ लाख बराबरको क्षति

धनकुटामा आगोलागीबाट २ घर जल्दा १६ लाख बराबरको क्षति

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिका २ सान्नेमा मंगलबार राती २ घरमा आगलागी भएको छ । दिल ब.रायमाझीको घरमा रातको १० बजेको समयमा बिधुत सर्ट भइ अचानक आगोलागी हुदा ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सर सामान , सुनको गहना १ तोला,५ तोला चाँदी, खसि ८ वटा, बाख्रा ८ वटा, कुखुरा ५० वटा जलेर पुर्ण रुपमा नष्ट हुदा करिव साढे ९ लाख मुल्य बराबरको क्षति भएको हो ।

सोही स्थानमा रहेका निजको भाई नारायण रायमाझीको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घरमा रहेको सम्पुर्ण सामान, नगद ५० हजार, सुनको गहना १ तोला,५ तोला चाँदी, कुखुरा २० वटा समेत जलेर पुर्ण रुपमा नष्ट हुदा अन्दाजी ७ लाख १० हजार मुल्य बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी मारेकटहरेबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उक्त आगो आज बिहान ३ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर