इटहरीमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित पाँचजना पक्राउ

इटहरीमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित पाँचजना पक्राउ

सुनसरी–प्रहरीले जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका १५ का वडा अध्यक्ष अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई पक्राउ गरेको छ। वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। जुवाको खालबाट नगद २ लाख रकमसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन्। पाँचैजना दुहवी १२ मा रहेको गंगा चौधरीको घरमा जुवा खेलिरहेका थिए। उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए।

सम्बन्धित खवर