तस्करहरुको बिगबिगि, पिकअप सहित १८ लाखको अबैध लताकपडा पक्राउ

तस्करहरुको बिगबिगि, पिकअप सहित १८ लाखको अबैध लताकपडा पक्राउ

फाइल तस्वीर

राजेन्द्र महतो, लहान
भारतबाट नेपालतर्फ राजस्व छली गरी अबैध रुपमा ल्याउदै गरेको पिकअप सहित करीब १७ लाख ५६ हजार ५सय ८२ रुपैया मुल्य बराबरको अबैध माल समान नेपाल प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाच गर्ने क्रममा सिरहाको नवराजपुर गाउँ पालिका ३ मझौराबाट BR06G7308 न को पिकअपमा करिब ७ लाख ५६ हजार ५ सय ८२ रुपैया मुल्यबराबरको विभिन्न किसिमको लताकपडा अबैध रूपमा राजस्व छलि ल्याउदै गर्दा पिकअप सहित उक्त कपडा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गरिएको पिकअपको मुल्य करीब १० लाख र लताकपडा ७ लाख ५६ हजार ५ सय ८२ रुपैया गरि जम्मा १७ लाख ५६ हजार ५ सय ८२ रुपैया रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएका प्रहरी टोलिले चेक जाच गर्ने क्रममा सखुवानन्कारकटि गाउँ पालिका ३ परियारपुर चौकबाट करिब ३० हजार ७ सय २० रुपैया मुल्य बराबरको अबैध लत्ताकपडा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

पक्राउ गरिएको सम्पुर्ण लताकपडाआबश्यक कारबाहीको लागि सिरहा भन्सार कार्यालय माडर सिरहा पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता अपिल राज बोहराले बताएका छन् । केही दिन यता सिरहामा तस्करहरुको बिगबिगि ह्वात्तै बढेको पाइएको छ ।

सम्बन्धित खवर