तीनजुरे मिल्के जलजलेको गुराँस संरक्षणका लागि स्थानीयलाइसुधारिएको चुलो वितरण

तीनजुरे मिल्के जलजलेको गुराँस संरक्षणका लागि स्थानीयलाइसुधारिएको चुलो वितरण

ताप्लेजुङ–पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजलेको गुराँस संरक्षणका लागि स्थानीयलाई सुधारिएको फलामे चुलो वितरण गरिएको छ। स्थानीयले दाउराका रुपमा गुराँसको काठ प्रयोग गर्दा गुराँसका रुख काट्ने क्रम बढेको भन्दै कम दाउरा खपत हुने खालको चुलो वितरण गरिएको हो। तीनजुरे–मिल्के–जलजले (टिएमजे) संरक्षण क्षेत्र आयोजनको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले जिल्लाको मैवाखोला गाउँपालिका–३ साँघुका २६० घरदुरीलाई चुलो वितरण गरिएको छ।

३९८ घरधुरी रहेको सो वडामा पहिलो चरणमा २६० घरपरिवारलाई वितरण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। टिएमजे संरक्षण क्षेत्र आयोजनाको १५ लाख रुपैयाँ आर्थिक सहयोग र संस्थाको समेत लगानीमा चुलो ईटहरीवाट खरिद गरी वितरण गरिएको कार्यक्रम संयोजक राईले जानकारी दिए। गाउँपालिकासँग पनि समन्वय गरेर अन्य वडाहरुमा समेत यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको हिमाली संरक्षण मञ्चका प्राविधिक तथा फिल्ड संयोजक सन्दिप सुवेदीले बताए। उनले दोस्रो चरणमा तत्कालै बाँकीलाई घरपरिवारलाई चुलो वितरण गर्ने कार्यक्रम रहेको बताए।

सम्बन्धित खवर