बलान विहुल गाउँपालिकामा व्यापक भ्रष्टाचार, अख्तियारले छापा मार्यो

बलान विहुल गाउँपालिकामा व्यापक भ्रष्टाचार, अख्तियारले छापा मार्यो

राजेन्द्र महतो, लहान

सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीलेले छापा मारेको छ।

विकास निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी बारम्बार आएपछि आयोगको इटहरी कार्यालयको सात जना कर्मचारीको टोलीले लगातार दुई दिन छापा मारेको हो ।

अख्तियारको टोली गाउँ पालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरूको भागाभाग भएको थियो। गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजनाको महत्वपूर्ण कागजात छानबिनका लागि लिएर आएको आयोगको इटहरी कार्यालयका प्रवक्ता महेश आचार्यले बताएका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ का विभिन्न योजना कामै नगरी सम्पन्न भएको कागज पेस गरेपछि महालेखा परीक्षकको कार्यालयले समेत तीन करोड ८२ लाख ८१ हजार बेरुजु ठहर गरेको छ। कामै नगरी खुल्लम् खुला भ्रष्टाचार गरेको भन्दै तत्कालीन नेकपाका नेता अशोक कुमार यादवले अनुगमन र छानबिन गर्न आयोगलाई आग्रह गरेका थिए। आयोगलार्इ भ्रष्टाचार भएको सूचना प्राप्त भएपछि गम्भीरताका साथ लिएको र महत्वपूर्ण कागजात छानबिनका लागि लिएर आएकोआयोगको इटहरी कार्यालयका प्रवक्ता महेश आचार्यले बताएका छन् ।

गत आवमा वडा नं ३ स्थित जनता राप्रावि मौवाहा टिकुलियामा ‘वाल घेराबाराका लागि पाँच लाख खर्च देखाइएको छ। तर घेराबारा नलागेको सोही वडाका शुभकलाल यादवले बताएका छन् । यस्तै गाउँसभाबाट पारितै नभएका दुई करोड ३१ लाखभन्दा बढी रकम विभिन्न योजनामा खर्च गरिएको र वडामा नभएका कामको नक्कली कागजात पेश गरी खर्च देखाएको १ नं वडाका अध्यक्ष वैद्यनाथ यादवले बताएका छन् ।

टिप्पणी स्वीकृत गर्ने देखि बोलपत्र स्वीकृत गर्नेलगायतका सबै कार्य अध्यक्षबाटै हुने गरेको र सामाजिक सुरक्षाभत्ता पाउनेको पनि वडागत अभिलेख नराखिएको पाइएको छ। योजनाको अनुगमन प्रतिवेदनमा संयोजकको उपस्थिति नरहेकोले गाउँपालिकाबाट सञ्चालित योजना कार्यान्वयन नभएको महालेखा परीक्षक सुवर्णप्रसाद ढकालले बताएका छन् । यसैगरी सवारी खरिदमा पनि अनियमितता भएको हुनसक्ने अख्तियारले आशंका गरेको छ। सवारी साधन खरिद गरेको वर्षदिन नाघे पनि गाउँपालिकाको नाममा नामसारी भएको छैन ।

उक्त गाउँपालिका पटक–पटक विवादमा तानिँदै आएको छ ।

सम्बन्धित खवर