भारततर्फ लगीदै गरेको ६० केजी चाँदी सहित चालक पक्राउ

भारततर्फ लगीदै गरेको ६० केजी चाँदी सहित चालक पक्राउ

विराटनगर–महानगरपालिका ९ स्थित रोडस्रेसबाट प्रहरीले ५९ केजी ९५० ग्राम चाँदी बरामद गरेको छ । हिजो सोमबार साँझ नेपालबाट तस्करी गरेर भारततर्फ लगीदै गरेको अवस्थामा बिआर ११ एके १७९१ नम्बरको भारतिय कारबाट सो चाँदी बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । कार चालक भारत जोगबनीका २३ बर्षिया गौरब शाह प्रहरिको नियन्त्रणमा रहेको र उनि माथी अनुसन्धान भइरहेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घटनाको अनुसन्धान पश्चात विस्तृत विवरण सार्वजानिक गर्ने बताएका छन् ।

सम्बन्धित खवर