मोरङ–बेलबारीमा घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलबारी–९ का ६० वर्षीय शुकदेव चौधरी आइतबार राति शौचालय जाने क्रममा टाँडे घरको बरण्डाबाट लडेर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।