दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण

दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण

संखुवासभा–सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ। गाँउपालिकाले ६ वटै वडाका नागरिकलाई वितरण गरेको हो। विद्युत् सेवा नपुगेको पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बुलगायत दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सोलार सेट वितरण गरिएको वडा नम्बर ६ का अध्यक्ष विकास पौडेलले जानकारी दिए।

स्थानीय सरला तामाङले पहिलो पल्ट घर झिलिमिली बनाउन पाउँदा खुसी लागेको बताइन्। राति घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सजिलो भएको उनको भनाइ छ। इन्द्र तामाङले सोलार सेट पाएपछि घण्टौं लगाएर मोबाइल चार्ज गर्न बाह्रबीसे जानुपर्ने बाध्यता समेत हटेको बताए। सभापोखरी गाउँपालिकामा सभाखोला लघु जलविद्युतको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट विद्युत उत्पादन भइ पनि ग्रामीण भेगसम्म बिस्तार हुन सकेको छैन।

सम्बन्धित खवर