मोरङको सुन्दरहरैचामा भाँडाको पानीमा डुबेर नाबालकको मृत्यु

मोरङको सुन्दरहरैचामा भाँडाको पानीमा डुबेर नाबालकको मृत्यु

मोरङ–मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाका छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुबेर गम्भीर घाइते भएका बालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

सम्बन्धित खवर