आरतीको १८ औँ स्थापना दिवश मनाइदै, १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आरतीको १८ औँ स्थापना दिवश मनाइदै, १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भीमराज अधिकारी, पथरी
मोरङको पथरीशनिश्चरे १ मा रहेको आरती वहुउद्देशीय सहकारी संस्था लिमिटेडको १८ औँ स्थापना दिवश मनाइदै छ । साकोसले आफ्नो स्थापना दिवशमा विभिन्न सामाजिक कार्यक्रमहरु तय गरेको जानकारी दिइएको छ ।

स्थापना दिवशको पहिलो कार्यक्रममा रुपमा सोमबार नगरको वडा नं. ८ मा रहेको वुद्ध माध्यमिक विद्यालयका १२० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । सो विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गरिरहेका कक्षा नर्सरी देखि कक्षा २ सम्मका १२० जना विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेहेको हो । नर्सरीका ३० जना, एलकेजीका ४० जना, युकेजीका २६ जना, कक्षा १ का १६ जना र कक्षा २ का ५ जना विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग होस भनेर वितरण गरिएको साकोसका अध्यक्ष यादवचन्द्र दुलालले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष बाबुराम दाहाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम बहादुर गजमेर, प्रधानध्यापक बोधराज सिग्देल लगाएतले संस्थाले गरेको सहयोगको प्रशंसा गरे । बुद्धमा यस अघि पनि प्लान नेपाल, वडामा भएका सामुदायिक संघसंस्थाहरुले पनि सामान्य रुपमा बालबालिकाहरुलाई सहयोग गर्दै आएको प्र.अ सिग्देलले बताए । साकोसले गरेको यो सहयोगले विद्यार्थीको अध्ययनमा अझ सहयोग पुग्ने बक्ताहरुको भनाइ थियो ।

के के छन् आरतीका आगामी कार्यक्रम ?
१. ७० वर्ष माथिका सेयर सदस्यहरुलाई वृद्धाभक्ता वितरण
२. एकल महिला तथा जेष्ठ सेयर सदस्य सम्मान
३. सेयर सदस्यका छोरा छोरीलाई छात्रवृत्ति वितरण
४. रक्तदान कार्यक्रम
५. बाल कार्यक्रम
६. राहत वितरण कार्यक्रम


सम्बन्धित खवर