प्रहरी र विप्लव बिच गोली हानाहान, सेनाले हेलिकप्टरबाट गस्ती गर्दै

प्रहरी र विप्लव बिच गोली हानाहान, सेनाले हेलिकप्टरबाट गस्ती गर्दै

काठमाडौं, नेपाल प्रहरी र विप्लवका कार्यकर्ता बिच गोली हानाहान भएको छ । सोमबार विहान विप्लवका कार्यकर्ता र प्रहरीबीच सोलुखुम्बुको सिलिचोङ गाउँपालिका–१ होयङमामा गोली हानाहान भएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा सो क्षेत्रमा गस्ती गर्न टोली पुगेको छ । दुवै टोलीमा २५/२५ जनाको बेग्लाबेग्लै टोली नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरमा सो क्षेत्रमा पुगेको जनाइएको छ ।

विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच मुठभेड भएपछि थप मद्दतको लागि सेनाको हेलिकोप्टर सोलुखुम्बुको सिलिचोङ पुगेको हो । काठमाडौंबाट गएको सेनाको हेलिकोप्टरले सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ। हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेको छ ।
समाचार स्रोत रातोकलम


सम्बन्धित खवर