असारे बिकास ः असारमा मात्रै प्रदेश २ का पूर्वाधार विकास, ८ जिल्लामा ८४ करोड बजेट पठाइयो

असारे बिकास ः असारमा मात्रै प्रदेश २ का पूर्वाधार विकास, ८ जिल्लामा ८४ करोड बजेट पठाइयो

प्रतिकात्मक तस्वीर

राजेन्द्र महतो, लहान

प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयले असारमै मात्र खर्च गर्न ८ जिल्लामा करिब ८४ करोड रुपैयाँ बजेट पठाएको छ ।

गत जेठ २८ मा मन्त्रालयले प्रदेश सरकार मातहतका पूर्वाधार कार्यालयहरुमा बजेट खर्चिने अख्तियारी पठाएको छ ।
सिरहा, धनुषा पर्सा र रौतहटमा रहेका पूर्वाधार कार्यालयले प्रदेश नं. २ अन्तर्गतका आठ वटा जिल्ला हेर्छन्।

उक्त ४ वटा जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयले अन्य जिल्लाहरुलाई समेत गरेर धनुषालाई ३२ करोड ५१ लाख रुपैयाँ, पूर्वाधार विकास कार्यालय रौतहटलाई २४ करोड, पूर्वाधार विकास कार्यालय सिरहालाई १६ करोड ५७ लाख र पूर्वाधार विकास कार्यालय पर्सालाई १० करोड ५५ लाख रुपैयाँ बजेट पठाएको छ । यी ४ वटा जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयहरुले ८ वटा जिल्लामा भएका विकासका कामलाई बजेट पठाएका हुन् ।


सम्बन्धित खवर