विदेशबाट फर्किएर व्यवसाय गरिरहेकालाई इलाम नगरपालिकाले दुई लाख रुपैयाँसम्म ऋण दिने

विदेशबाट फर्किएर व्यवसाय गरिरहेकालाई इलाम नगरपालिकाले दुई लाख रुपैयाँसम्म ऋण दिने

इलाम–विदेशबाट फर्किएर व्यवसाय गरिरहेकालाई इलाम नगरपालिकाले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । नगरपालिकाको पाँचौ नगर सभाले ७ प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत ऋण लिने व्यवसायी वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा व्यवसाय गरीरहेको भए एक वर्षको व्याजमा एक प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ ।

समूहगत धितोमा व्यवसायीले एक लाख रुपैयाँसम्म ऋण पाउनेछन् भने नगरपालिकाभित्रको सेयर सदस्य वा उद्योग वाणिज्य संघको सदस्य भएमा सम्बन्धित संस्थाको सिफारिस र जमानतमा थप एक लाख रुपैयाँ गरी दुई लाखसम्म ऋण पाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । व्यवसायमा युवालाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख महेश बस्नेतले बताए ।

सम्बन्धित खवर