मोरङ्ग, मोरङ्गको सुनवर्षी नगरपालिका—९ मा बन्दै गरेको मकर्ज (मुस्लीम समुदायको प्रार्थना गर्ने स्थान) को सेफ्टिट्याङकीको फर्मा खोल्ने क्रममा चारजनाको ज्यान गएको घटनाको शोक प्रकट गर्दै सुनवर्षी नगरपालिकाले आइतबार बिदा दिएको छ ।
शनिबारका दिन डायनीयाँमा भएको उक्त घटनाका लागि शोक बिदा दिइएको हो । उक्त घटनाको शोक बिदाका लागि स्थानीय नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था, वडा कार्यालयहरु विदा गरिएको सुनवर्षी नगर कार्यापालिकाको कार्यालयले जनाएको छ ।
सेफ्टि ट्यांकीको फर्मा खोल्न पसेका साथीलाई उद्दार गर्न खोज्दा मो. फिरोज आलम, मो. सहनवाद, कफिल आलम र मो. वसिब आलमको मृत्यु भएको हो । फर्मा खोल्न बासको भर्याङबाट पसेका साथीलाई उद्दार गर्न पसेका चारै जनाको निसास्सिएर मृत्यु भएको हो ।