एसइईको नतिजा नराम्रो आएपछि आत्महत्या

एसइईको नतिजा नराम्रो आएपछि आत्महत्या

बाजुरा–बडिमालिका नगरपालिका १ पीनालेखका एक विद्यार्थीले आत्महत्या गरेका छन्। शुक्रबार घरबाट सम्पर्क्बिहीन भएका बुदे कार्कीका १५ वर्षका छोरा जंग कार्कीले गाउँ नजिकै झुण्डी आत्महत्या गरेको प्रहरीले बताएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार एसइई परीक्षामा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि आत्महत्या गरेको गरिएको बताइएको छ। एसइईको जिपीए प्रणाली अनुसार उनीे २ विषयमा कमजोर नतिजा ल्याएका थिए।

जाल्पा मावि पिनालेखमा अध्ययनरत कार्की गाउँनजिकैको बाया काटीया नजिकै पर्ने नाउली खोलामा झुण्डीएको अवस्थामा २ दिन पछि फेला परेका हुन्। अंग्रेजी विषयको किताब, छाता र डटपेन झुण्डीएको स्थानमै भेटिएको स्थानीय प्रशान्तराज जोशीले बताएका छन्।

परीक्षाफल प्रकाशित भएको खबर सुने लगत्तै तनाबमा देखिएको आफन्तले बताएका छन्। कार्की परीक्षा राम्रै लेखेर पनि नजिता राम्रो नआएको भन्ने तनाबमा रहेको एकजना आफन्तले बताए। पछि, उनी कसैलाई थाह नै नदिएर घरबाट फरार भएका थिए। प्रहरीले भने आत्महत्याको कारण बारे अनुसन्धान भइरहेको बताएको छ।

सम्बन्धित खवर