मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार एक युवतीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार एक युवतीको मृत्यु

भद्रपुर–झापामा सडक दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक ४ चिया बगान स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५१ प ५७८ नम्बरको २२० सिसीको प्लसरले ठक्कर दिँदा युवतीको मृत्यु भएको हो ।मृत्यु हुनेमा दमक नगरपालिका ७ बस्ने २७ वर्षीया रम्ता श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको हो। प्रहरीले मोटरसाइकलसहित चालक मिक्लाजुङ गाउँपालिका ६ बस्ने २५ वर्षीय ऋषिवर कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान गरेर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर