जंगली हात्तीको छावा करेन्ट लागेर म¥यो

जंगली हात्तीको छावा करेन्ट लागेर म¥यो

झापा–झापाको हल्दिवारीमा जंगली हात्तीको छावा करेन्ट लागेर मरेको छ। हुलाकी राजमार्गसँग जोडिएको साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर छावा मरेको हो।

यो सँगै २०६७ सालदेखि अहिलेसम्म जिल्लामा छावासहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका विष्णुलाल घिमिरेले जानकारी दिए। रनकाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको ५० मिटरनजिकै छावा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको उनले बताए। उनका अनुसार करिब तीन वर्षको छावा मत्ता हात्तीले आफ्नो सुँडले करेन्ट प्रवाह भएको अर्थिङको तार छोएपछि मरेको हो।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: