धनकुटामा अरुण नदीले बगाएर १ जना बेपत्ता

धनकुटामा अरुण नदीले बगाएर १ जना बेपत्ता

धनकुटा–धनकुटाको महालक्ष्मी नगरपालिका ४ बेलटारका ५० बर्षीय मान बहादुर योगी अरुण नदिले बगाएर बेपत्ता भएका छन् । आज (शुक्रबार) बिहान ८ बजेको समयमा अरुण नदिमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदिले बगाउदा उनी बेपत्ता भएका हुन् । उक्त स्थानमा प्रहरी चौकी चानुवाबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सम्बन्धित खवर