बाल्मीकिका यूनिकले ल्याए एस ई ई परीक्षामा ४ जीपीए

बाल्मीकिका यूनिकले ल्याए एस ई ई परीक्षामा ४ जीपीए

पथरी–मोरङको पथरी शनिश्चरे २ मा रहेको बाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयका यूनिकले ४ जीपीए ल्याएका छन्। वाल्मीकीले प्रदेश नं. १ मै सफल नतिजा निकालेको छ । बिहिवार सार्वजनिक भएको एस ई ई परीक्षामा प्रदेश १ मै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै 4 GPA ल्याउने छात्र यूनिक श्रेष्ठले र 3.9 GPA ल्याउने छात्रा सजना घिमिरेलेलाई विद्यालयले सम्मान गरेको छ ।

वि. सं. २०७५ सालको एसईई परीक्षामा सहभागि ७५ जना बिध्यार्थी मध्ये २ जनाने त्रमश ४ जीपीए र ३.९ जीपीए ल्याएका छन । २० जनाले ३.६ भन्दा माथी, ३० जनाले ३.२ भन्दा माथी र २५ जनाले ३.२ भन्दा कम जीपीए ल्याई सतप्रतिशत उतिण भएको बाल्मीकि मेमोरियलका निर्देशक नवल किशोर खनालले बताएको छ ।

७५ जना सहभागी बिद्यार्थी मध्ये प्रदेश नं. १ मै सफल नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल चन्द्र दुलालले दाबी गरेका छन् । शिक्षक शिक्षीकाको कडा मेहेनत बिध्यार्थीको परिश्रम र अभिभावकको हैसलाले यस्तो नतिजा ल्याउन सफल भएको दुलालले बताए । (पूर्वेलीन्यजबाट)

सम्बन्धित खवर