राजेन्द्र महतो, लहान
भारतबाट नेपालतर्फ राजस्व छली अबैध रुपमा ल्याउदै गरेको माल समान नेपाल प्रहरी तथा भन्सार टोलीले बरामद गरेको छ ।
सिरहाको बरीयारपटि भन्सार तथा नेपाल प्रहरीको घुमुवा टोलिले १ लाख ५ हजार ६ सय मुल्य बराबरको माल समान बरामद गरेको हो ।
स ९ प २७४३ नम्बरको टिभिएस १२५ सिसिको स्टागर मोटरसाईकलमा तस्करले समान ल्याउदै गर्दा मोटरसाईकल सहित उक्त समान प्रहरीले बरामद गरेको छ । तस्करले प्रहरीलाई हेर्दा सम्मान छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
बरामद भएको समान चिनी १ बोरा, फ्रुट्री ६ बन्डल, लगायतका समानहरु रहेका छन्। बरामद भएको सम्मान भन्सार कार्यालयमा राखीएको र तस्करको खोजी तिब्र गतिमा भैईरहेको प्रहरीले जनाएको छ।
केही दिन यता सिरहामा तस्करहरु बिगबिगि ह्वात्तै बढेको देखिन्छ ।