महन्थको भोजमा ११ हजारबढी साधुसन्तको सहभागिता

महन्थको भोजमा ११ हजारबढी साधुसन्तको सहभागिता

राजेन्द्र महतो, लहान

प्रदेश नं. २ अन्तरगत रहेको सिरहाको एक ठाउँमा भएको साधु भेलाले धर्मको महत्व कति छ भन्ने कुराको पाठ सिकाएको छ ।
प्रमुख धार्मिक आस्थाको केन्द्र मध्ये एक मानिएको सिरहाको कर्जन्हा नगरपालिका १ स्थित उत्तरवाहिनीको काँखमै रहेको नन्दमोहरी मन्दिरमा करिब ११ हजार भन्दा बढी साधुसन्तले सहभागिता जनाएका छन् ।

धार्मिक तथा पौराणिक महत्त्व बोकेको नन्दमोहरी कुट्टी (मन्दिर) का महन्थको स्वर्गवासको १३ औं दिनमा आयोजित विशाल भोजमा आमन्त्रित भएर प्रदेश २ र प्रदेश १ समेतका झण्डै ११ हजारभन्दा बढी साधु सन्तले सहभागिता जनाएका हुन् । कुट्टीका तत्कालीन महन्थ हरि दासको किरियाको अन्तिम दिन आयोजित भोजमा प्रदेश २ र १ गरि १० जिल्ला बढीका साधुसन्तलाई आमन्त्रण गरिएको थियो ।

आयोजित विशाल भोजमा भारी संख्यामा सहभागी साधुहरुले जलपान गर्दै प्रसन्न देखिएका थिए । विशाल भोजमा उपस्थित सन्तहरुका बीच सो कुट्टीको महन्थमा लक्ष्मीनारायण दासलाई चयन गरिएको छ । उनी सो कुट्टीका १० औं महन्थका रूपमा चयन भएका हुन् । यसअघि ९ जना महन्थ रहिसकेका छन् । महन्थमा चयन भएका लक्ष्मीनारायण स्व. हरि दासका चेला हुन् । मन्दिरको पहिचानलाई थप उचाईमा पुर्याउने विश्वाससहित उनलाई कुट्टीको अधिकारीको जिम्मेवारी दिइएको जनाइएको छ ।


सम्बन्धित खवर