सवैमिलेर भ्रष्टाचार अन्त्य गरौं ः नगर प्रमुख राई

सवैमिलेर भ्रष्टाचार अन्त्य गरौं ः नगर प्रमुख राई

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सवैले आआफ्नो ठाउँबाट भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने अभियानमा लाग्नु आवश्यक रहेको बताउनु भएको छ ।

पथरी जेसीजले जेसीज सप्ताहको उद्घाटनका क्रममा विहिबार आयोजना गरेको भ्रष्टाचार न्यूनिकरण सचेतना कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले सो कुरा बताउनु भएको हो ।

नगरपालिकामा कर्मचारी र भौतिक संरचनाको अभावकाबीच चुस्त काम गर्ने कोशिस जारी राखेको बताउँदै उहाँले कसैले कुनै भ्रष्टाचारपूर्ण गतिविधि गरेको पुष्टि भए आफुले तत्काल कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् समाजसेवी गणेशकुमार खड्का, पथरी जेसीजका पूर्व अध्यक्ष दीपेन्द्र तिम्सिना, रमाईलो जेसीजका संस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिनाले भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिनुभयो ।

जेसीज सप्ताह अन्तर्गत असार १३ गते गरीव तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण, १४ गते मैत्रीपूर्ण फुटसल, १५ गते लागू पदार्थ न्यूनिकरण सचेतना, १६ गते ट्राफिक सचेतना, १७ गते नेतृत्व विकास तालिम र १८ गते समापन हुने कार्यक्रम संयोजक सुवर्ण खत्रीले जनाउनु भयो । कार्यक्रम जेसीज अध्यक्ष मानवहादुर दियालीको अध्यक्षतामा सम्पन्न भयो ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: