लेटाङमा एक युवकले आफ्नै लिङ्ग काटे

लेटाङमा एक युवकले आफ्नै लिङ्ग काटे

प्रतिकात्मक तस्वीर

डम्बर सिन्चिउरी, लेटाङ्ग

आफ्नै लिङ्ग छेदन गर्दा एक २१ वर्षे युवक सख्त घाईते भएका छन् ।

उत्तरी मोरङको लेटाङ्ग तीन नवासी सुनिल राईले धारिलो हतियार (दाउ) प्रयोग गरी विहिबार दिउँसो आफ्नै लिङ्ग काटेका छन् । अन्दाजी दिउँसोे दुई बजे आफ्नै लिङ्गको झण्डै आधा भन्दा बढि भाग छेदन गरेको घाईते राईका साला टेक बहादुर तामाङ्गले बताएका छन्। उनका अनुसार घाईते राई विगत लामो समय देखि स्थानिय त्रिशुलि चौक स्थित ससुराली घरमै बस्दै आएका थिए । राई केही समय अघि सम्म जण्डिसका विमारी भए पनि बढिमात्रामा रक्सी पिउने, घरमा श्रीमतीसँग कहिले काहीँ सानो तिनो झगडा गरीरहने गर्दथे । कहिलेकाहीँ एकोहोरिने साथै अलिक असामाजिक व्यवाहार पनि गर्ने गरेकोले चिकित्सकलाई देखाउदा पनि उसको व्यवहार कुनै रोग नभएर जिद्दीपना मात्र भएको बताएको सला तामाङ्गले वताए ।

अन्दाजी तीन वर्षका एक छोराका बुवा राई झण्डै चार वर्ष अघि मात्र स्थानिय चण्डिका तामाङ्ग सँग विवाह वन्धनमा बाँधिएका हुन् । केही समय अघि सम्म सानो तिनो कच्कच् बाहेक केही भएको थाहा नभए ता पनि गए राती भने रातको समयमा स्थानिय खेरुवा गाउँमा विभिन्न असामाजिक गतिविधि गर्दै हिडेको थाहा पाएर खोजि गर्दै जाँदा एउटा रुखमा चढेर कराउँदै गरेको अवस्थामा भेटेर रातको अन्दाजी दुई बजे तिर राईलाई घर ल्याइएको थियो । विहान भरी समान्य रुपमा आफ्नै घरमा बसेका राईलाई दिउँसो अचानक वाथरुममा वेहोस अवस्थामा आफन्तले फेला पारेको उनकी वहिनिले वताएकी छन् ।

बहिनी सविनाको अनुसार वाथरुममा धाद्राक धुद्रुकको आवाज आएको थाहा पाएर आफन्तले हेर्दा रगताम्मे अवस्थामा देखे पछि सोधिखोजि गर्दा आफ्ले आफ्नो लिङ्ग छेदन गरेको र सो लिङ्ग कोठाको टेवलमा राखेको वताए पछि मात्रै सबै चकित परेको हो ।

वाल्यकाल मै विवाह गरेको श्रीमान श्रीमती विचको द्वन्दकै कारण यस्तो भएको हुन सक्ने पारिवारक श्रोतको भनाई रहेको छ ।अधिक मादक पदार्थ सेवनबाट भएको मानसिक असन्तुलनका कारण पनि यस्तो अवस्था आएको हुन सक्ने अनुमान स्थानियको रहेको छ ।

अहिले घाइतेको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको पारिवारीक श्रोतले जनाएको छ ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: