काठमाडौँ उपत्यकामा सुइ आतंक मच्चाउने एक व्यक्ति पक्राउ

काठमाडौँ उपत्यकामा सुइ आतंक मच्चाउने एक व्यक्ति पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडौँ, पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सुइ आतंक मच्चाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट ति व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

रामेछाम घर भइ हाल महाराजगन्जमा बस्दै आएका सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कार्की महाराजगंजमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । प्रारम्भिक वयानमा कार्कीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यसरी महिलाहरुलाई जथाभावी सुइ घोच्दै हिडेको बयान दिएका छन्।

कार्की यसअघि ५ वर्ष सम्म दुवइ वसेर फर्किएका हुन् । प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ।
कान्तिपुरको सहयोगमा


सम्बन्धित खवर