पेस्तोल, गोली र लागुऔषध सहित धरानबाट ३ जना पक्राउ

पेस्तोल, गोली र लागुऔषध सहित धरानबाट ३ जना पक्राउ

धरान–सुनसरीको धरान उप–महानगरपालिका १५ बाट प्रहरीले पेस्तोल र गोली सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो सर्च गर्ने क्रममा धरान १५ का ३९ बर्षीय सरोज गुरुङको कोठाबाट SUNIMICA, INDUSTRIAL लेखिएको पेस्तोल २ थान, सोही पेस्तोलको म्यागजिन १ थान, गोली ११ थान, SLR राईफलको गोली ५ थान, लागुऔषध डाईलक्स डिसी ४ बोतल, मोवायल १ थान र निजले प्रयोग गर्ने को २५ प ४९८९ नम्बरको मोटरसाईकल बरामद गरेको हो ।

यसैगरी भोजपुरको आमतोक गाउँपालिका ६ घर भई धरान ११ मा बस्दै आएका २९ बर्षीय बिजय राई र भोजपुरको हतुवागढी गाउँपालिका २ घर भई बिजय राईसंगै बस्ने ३१ बर्षीय सुरेश राईको कोठाबाट SLR राईफलको गोली ९ थान, फलामको नक १ थान, धारिलो खुकुरी २ थान लागु औषध खैरो हेरोईन २ ग्राम ७२० मिलिग्राम, मुकुण्डो २ थान, मोवायल २ थान र नगद १५ हजार १ सय ३५ बरामद गरेको छ । साथै दुबै जनाले प्रयोग गर्ने को ९ प ४३५८ र को ५ प ३७५७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पेस्तोल, गोली र लागु औषध सहित पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर