अटोको ठक्करबाट साईकलयात्रीको मृत्यु

अटोको ठक्करबाट साईकलयात्रीको मृत्यु

पथरी–पथरी शनिश्चरे नगरपालिका ९ स्थित भित्री सडक खण्डमा आज (बिहिबार) दिउँसो १२ बजे अटोको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ। दक्षिणबाट उतर तर्फ आउदै गरेको को २ ह ३६८५ नम्बरको अटोले बिपरीत दिशा तर्फ गईरहेको साईकललाई ठक्कर दिदा साईकलयात्री कानेपोखरी गाउँपालिका ६ बस्ने बर्ष ६५का कबिचन्द्र बुढाथोकी गम्भीर घाईते भई नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा निजको दिउँसो साढे १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अटो र चालक उक्त कार्यालयको नियन्त्रणमा रहेका छन ।

सम्बन्धित खवर