७ दिने निशुल्क प्रस्तावना लेखन तालिम सुरु

७ दिने निशुल्क प्रस्तावना लेखन तालिम सुरु

सन्तोष राई,
पथरी–मोरङको पथरीशनिश्चरे ४ स्थित भागीरथ माविको सभाहलमा पाथीभरा सामाजिक संस्थाको आयोजना तथा पथरीशनिश्चरे नगरपालिको सहयोगमा ७ दिने निशुल्क प्रस्तावना लेखन तालिम बिहिबार बाट सुरु भएको छ। पथरीशनिश्चरे नगरपालिका भित्रका १० वटै वडाका युवालाई लक्ष्यीत गरी प्रतावना लेखन सम्बन्धि युवाहरुमा सीपविकाश गर्ने उद्देश्यले आयोजना गरीएको आयोजकले जानकारी दिएको छ।

बिहिबारबाट सुरु भएको तालिम ७ दिनसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख यमुनाविष्ट वास्तोलाले नगरमा यस्ता खालका तालिम आवश्यक रहेको, यस्ता तालिममा नगरको लगानी भएपनि आफ्नो लागी र समाजको लागी मनै बाट सिकी नगर र वडाको गतिविधिलाई खवरदारी गर्न सबै सहभागीलाई आग्रह गरिन्। नगरले यस्तो कार्यक्रममा सधै सहकार्य, सहयोग गर्ने र आगामी बजेटमा पनि यस्तो लक्ष्यीत वर्गको कार्यक्रमका लागी बजेट विनीयोजन गरेको बताइन्। कार्यक्रमका सभापति तथा पाथीभरा सामाजिक संस्थाका अध्यक्ष देवेन्द्र वनेमले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम आयोजन गर्ने र सबैलाई दत्तचित्त भएर सिक्न अनुरोध गर्दै शुभकामना दिएका थिए।

तालिमा पथरीशनिश्चरे भित्रका ४० जना भन्दा बढी सहभागी भएको र भोलिबाट अझ बढ्न सक्ने आयोजकले बताएको छ। ७ दिनसम्म सञ्चालन हुने तालिममा बिक्रम पोखरेल र एलिना गौतमले प्रशिक्षण दिनेछन्। तालिमको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सहित जनप्रतिनिधि, लायन्स क्लवको राष्ट्रिय पूर्वउपाध्यक्ष मञ्जरी घिमिरे, सञ्चारकर्मी र स्थानीयको उपस्थिती रहेको थियो।

सम्बन्धित खवर