एसइइको नतिजा सार्वजनिक, अभिनेत्री करिष्मा मानन्धर ‘बी’ प्लस ग्रेडसहित एसईई उत्तीर्ण

एसइइको नतिजा सार्वजनिक, अभिनेत्री करिष्मा मानन्धर ‘बी’ प्लस ग्रेडसहित एसईई उत्तीर्ण

काठमाण्डौ, शिक्षाको फलामे ढोका मानिने एसईई परिक्षाको नतिजा बिहीबार प्रकाशित भएको छ । एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी छिन् । मानन्धर बी प्लस ग्रेडमा उत्तीर्ण भएकी हुन् ।

अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाण्डौको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ५० हजार २ साय ७५ परीक्षार्थी सहभागी भएकोमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

उज्यालोको सहयोगमा


सम्बन्धित खवर