सामाजिक कार्यमा जुट्दै एभरेष्ट, उर्लाबारीमा सरसफाइ ग¥यो

सामाजिक कार्यमा जुट्दै एभरेष्ट, उर्लाबारीमा सरसफाइ ग¥यो

पथरी, मोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्नीकल कलेज सामाजिक काममा जुट्न थालेको छ । एभरेष्टले आफ्नो १० औँ वार्षिक उत्सव मनाइरहेका बेला नगरमा विभिन्न सामाजिक कामहरु गर्ने कार्ययोजना तय गरेको हो ।

सरसफाइ कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा समेत सहभागी भएका थिए । हातमा खरेटो बोकेर फोहोर व्यवस्थापनमा लागेका साम्बाले सरसफाइलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए । उनले आफ्नो गाउँ ठाउँलाई सफा र सुन्दर बनाउनु सबै नागरिकको दायित्व भएकाले सरसफाई अभियानमा जुट्न आव्हान समेत गरे । फोहोरमैलाका कारण विभिन्न रोकका संक्रमण फैलिने खतरा रहेको उल्लेख गर्दै उनले आफ्नो घर आगँन, गाउँ टोल र बजारलाई सफा बनाउनु पर्नेमा जोड दिए ।

मैले फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास नभएसम्म सरसफाई गरेर मात्र केही नहुने उनको भनाई छ । एभरेष्ट मल्टि टेक्निकल कलेजले बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अघि बढाएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा पनि रचनात्मक कार्यमा लाग्न सुझाव दिए । सो सरसफाइ कार्यक्रममा जनपथ प्रहरी, शसस्त्र प्रहरी, एभरेष्टका विद्यार्थीहरु लगाएत सहभागी रहेका थिए ।

उर्लाबारीमा स्थापित एभरेष्टले वार्षिक उत्सवका अवसरमा बिहीबार उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई खाद्यान्य सहयोग गर्ने जनाइएको छ । त्यस्तै शुक्रबार रक्तदान र शनिबार विभिन्न क्षेत्रका क्रियाशिल २ सय ५० भन्दा बढीलाई सम्मान गर्दै कार्यक्रम समापन गरिने संस्थापक प्रिन्सिपल सुवन ढकालले जानकारी दिए ।


सम्बन्धित खवर