भोटखोला गाउँपालिका हेर्ने १ जना वडासचिव, वडामा महिनामा ३–४ दिन मात्र सेवा

भोटखोला गाउँपालिका हेर्ने १ जना वडासचिव, वडामा महिनामा ३–४ दिन मात्र सेवा

संखुवासभा–जिल्लाको दुर्गम उत्तरी भोटखोला गाउँपालिकामा पाँच वडा एक वडा सचिवको भरमा चलेको छ। सिंगो गाउँपालिकामा एकजना वडासचिव भरमा चलिरहेको छ। एकजना वडा सचिवले ५ वटै वडाको सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीले सास्ती पाएका छन्।

दुर्गम र विकट गाउँपालिका भएकाले दरवन्दी अनुसारका कर्मचारी समेत कम आउने गरेका छन्। दुर्गम गाउँपालिका दरबन्दी २७ जना भए पनि कार्यरत अस्थायी कर्मचारी पाँचजना मात्र रहेको गाउँपालिका कार्यालयले जनाएको छ। भौगोलिक रुपमा अति नै विकट भए पनि ५ वटा वडा एक सचिवले सञ्चालन गर्नुपर्ने बाध्यता रहेको वडा सचिव नायव सुब्बा दावा लामाले जानकारी दिए। सडक सञ्जाल समेत नपुगेको भोटखोलाकाको ५ वटै वडा हिडेर पुग्नु पर्ने बाध्यता रहेको सचिव लामाले बताए। भौगोलिक रुपमा विकट भएका कारण भोटखोलामा हिडेर नै सबै वडा कार्यालयमा पुगेर सेवा दिन ज्यादै कठीन भएको उनले बताए।

सचिव लामाले भने पैदल हिडेर हरेक वडामा महिनामा ३ ,४ दिनमा सेवा दिन सक्ने बताए। उनले भने प्रत्येक वडामा सेवा दिन जाँदा महिनामा ३ ,४ दिन भन्दा सेवा दिन नसकेको स्वीकार गरे। भौगोलिक रुपमा विकट भएका कारण एक वडा कार्यालयबाट अर्को वडा पुग्न चार दिन सम्म लाग्ने गरेको सचिव लामाको भनाइ छ। वडा कार्यालय पुग्ने समय धेरै खर्चनु पर्ने भएकाले धेरै जसो समय गाउँपालिका कार्यालय मै बसेर सेवा प्रवाह गर्ने गरेको बताए। थुदामबाट वडा २ को वडा कार्यालय च्याम्ताङ आउन ३ दिन लगाएर वडा कार्यालय पुगे पनि वडाले दैनिक रुपमा सेवा दिन नसक्दा हैरान र सास्ती पाउने गरेका छन्। भोटखोला गाउँपालिकामा करिब ६ हजार ५७६ जनसंख्या रहेको जनाइएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: