एसइईको नतिजा बुधबार सार्वजनिक गरिने

एसइईको नतिजा बुधबार सार्वजनिक गरिने

काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बुधबार सार्वजनिक गरिने भएको छ । उत्तर पुस्तिका परीक्षण सकेर अन्तिम रुजु गर्ने काम जारी रहेको परिक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भनेका छन् ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा लागेको अधिकारीले बताएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए।

सम्बन्धित खवर