घाँस काट्न गएकी १४ वर्षिय बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ

घाँस काट्न गएकी १४ वर्षिय बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको कर्जन्हा नगरपालिका स्थित रहेको बन्दिपुर जंगलमा घाँस काट्न गएकी १४ वर्षिय एक बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्यामकुमार महरा रहेका छन् ।

वन्दिपुरको जंगलमा गाई वस्तुका लागि घाँस काटन गएका बेला १४ वर्षिय बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाका अनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए ।

पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बाँकी आरोपीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले बताएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: