प्रतिकात्मक तस्वीर
मोरङ, नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । मोङको उर्लाबारीमा विहानै शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । हाल सो क्षेत्रलाई प्रहरीले पूर्णतः सुरक्षित राखेको जनाएको छ ।
उर्लाबारीको वडा नं. ४ स्कुल डाँडा स्थीत पूर्वपश्चिम राजमार्गमा प्रेसर कुकुर वम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीको भनाइ छ । यदपी वम नै हो या अरु नै केही हो भन्ने विषयमा टुङ्गो लागि सकेको छैन् । वम डिस्पोजल टोली आउने क्रममा रहेका कारण अहिले नै वम हो या हैन भन्ने अवस्था नरहेको जानकारी दिइएको छ ।
पूर्वबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु नचलेका कारण जनजीवन कष्टकर बनेको छ । शैक्षिक संस्थाहरु पनि आज पूर्णतः बन्द रहेका छन् ।