पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

झापा–झापाका एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक –४ का २३ वर्षीय रामबहादुर माझीको आइतबार मृत्यु भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मावा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका माझीको शव प्रहरीले खोलाको खाल्डोबाट निकालेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि मोरङ ल्याइएको छ ।

सम्बन्धित खवर